News

संस्मरण : बुध्द एयरमा मेरो शतक उडान

संस्मरण : बुध्द एयरमा मेरो शतक उडान

Blog
yatra-magazine-image-of-a-writer-buddha-airनेपालगञ्ज जाँदा म सधैं बुध्द एयरको सेकेण्ड लास्ट सिटमा बस्छु । जब जहाज उड्छ, झ्यालबाट जन्मथलो गुल्मी हेर्न पाइन्छ । साथमा मनमोहक हिमाली दृश्य पनि । तल धागोजस्तो देखिने त्रिशुली, मस्र्याङदी, सेती, आ“धीखोला, कालीगण्डकी, सेती, रिडी खोला, राप्ती, झिमरुक तथा पूर्वपश्चिम राजमार्ग, देउखुरी, घोराही आदिका साथमा रुरुक्षेत्र, मनकामना र स्वर्गद्धार्री दर्शन गर्छु । मैले बुध्द एयरमा यात्रा गर्न लागेको अक्टोबर २०१७ मा बीस वर्ष पुरा भयो । गत सेप्टेम्वर १४ तारिखका दिन नेपालगंज जाँदा यात्रा म्यागेजिन पढें । वीरेन्द्र बस्नेतजीको लेख ‘फर्केर हेर्दा’बाट धेरै जानकारी प्राप्त भयो । तर पनि मलाई कताकता खल्लो लाग्यो किनभने वीस वर्षे यात्रा वर्णन गरिएको म्यागेजिनमा कुनै पनि यात्रुको लेखा, प्रतिक्रिया पढ्न पाइएन ।

मैले कार्यालयको कामको सिलसिलामा हवाई जहाज चढें । निजी खर्चवाट बारम्वार यात्रा गर्ने क्षमता छैन मसँग । खासमा सवै एयरलाइन्सप्रति मेरो उत्तिकै श्रद्धा छ । विगत १२ वर्षको अवधिमा मैले बुध्द एयरमा मात्र ९८ उडान भरेछु । सरदर डेढ महिनामा एकपटक उडेछु ।

सम्झन्छु, गाउँको रिडी हाइस्कुलको मैदानवाट निधारमा हत्केलाले छडके छाता बनाई आकाशमा जहाज उडेको हेरेको । चीलगाडिमा उड्न पाए हुन्थ्यो भनेर कल्पिन्थ्यौं । समयक्रममा सन् १९९५ मा पहिलोपटक नेपालगन्ज उडानमा निकोन एयरको जहाज चढ्ने मौका मिलेथ्यो । 

बुध्द एयरमा जनवरी १९९८ मा काठमाडौ–विराटनगर रुटमा पहिलो उडान भरेको थिए । तिनताका म सुनसरी र धनकुटा फिल्ड अफिसमा जान्थें । बुध्द एयरको माइलेज कार्ड धेरै पछि मात्र बनाए । करिव दुई वर्ष काठमाण्डौ विराटनगर यात्रा गरेपछि अर्को सस्ंथाबाट सिरहामा काम गर्न थालें । त्यहाँ पुग्न विराटनगर या जनकपुरसम्म उडान भर्नुपर्थ्यो नयाँ कार्ड बनाँए जुन अहिले प्रयोगमा छ ।

दुःखमा काम लागेको साथी पनि हो बुध्द एयर । सन् १९९९ को जुन महिनामा धनकुटाको मूर्तिढुंगामा थिए, घर (गुल्मी)मा आमालाई सकस भएछ । उहा“ दमको रोगी हुनुहुन्थ्यो । ‘तुरुन्तै घर आउनु’ भन्ने खबर हिलेको गजुर होटलमा आइपुगेछ । त्यो होटलमा हामी बस्थ्यौं । त्यसवेला मोवाइल फोन सुविधा थिएन । होटलवालाले सिधुवा बजारको पिसिओमार्फत मूर्तिढुंगामा खबर पुर्यायो । म तुरुन्तै हिले आइपुगें अनि त्यही दिन विराटनगरबाट बुध्द एयरको विमान चढें । काठमाडौबाट भैरहवाको रात्रीबस चढेर बुटवल हुदैँ सखारै रुद्रबेनी घाटमा पुगें ।

आमाको निधन भइसकेको रहेछ तर मलाई अधुरो खबर सुनाइएको रहेछ । चिता पुरै सल्किसकेको थिएन, मैले आमाको मुहार अन्तिम पटक हेर्न पाँए । त्यतिवेला मलाई हवाईयात्राको खासै महत्व थाहा थिएन तर जब अचेल त्यो दिन सम्झिन्छु अनि हवाई उडानमा कालिगण्डी मिर्मीको ड्यामसाइटभन्दा मुन्तिर रुद्रवेणीको घाटलाई आकाशवाट देख्छु, बुध्द एयरलाई मनमनै धन्यवाद दिन्छु । त्यो दिन विराटनगरबाट अन्तिम फ्लाइटमा उडान भर्न नपाएको भए मैले चितामा समेत आमालाई अन्तिम दर्शन गर्न पाउने थिइन ।

अर्को घटना छ, भारतीय नाकाबन्दी ताकाको । मेरा अत्यन्त नजिकका नातेदारको निधन भयो बुटवलमा । त्यसै दिन त्यता जानुपर्ने भो तर गाडिवाट जाने समय र उपाय थिएन । मैले माइलेजहरू यस्तै अति आवश्यक परेका बेला काम लागोस भनेरै बचाउने गरेको छु । बुध्द एयरको हात्तिसार अफिसमा गएर कुरा गरेपछि सुविधाको टिकट पाए । यसरी आर्थिक भार बिनै बुटवल पुग्न सकें । 

अब एउटा रमाइलो प्रसंग–सन् २०१२ को । साली नाता पर्नेलाई मैले गोरखपुर रेल स्टेशनसम्म पुर्याउनु पर्ने भयो । भैरहवासम्म साकुरा ट्राभल अनि बैंगलुरुसम्म यशवन्तपुर एक्सप्रेस रेलको टिकट कन्फर्म थियो । जाने एकदिन अगाडि अचानक नेपाल बन्दकोे घोषणा भयो । परेन फसाद । रात्री बसमा गए पनि विहान गोरखपुरको रेल भेटाउन मुस्किल पथ्र्यो । यता साली रुन थालिन् । उता श्रीमति र साडुभाईको संयुक्त वक्तव्य धम्किको भाषामा आउन थाल्यो । सौभाग्यवस माइलेज कार्डबाट हवाई टिकट लिए । सालीको आर्थिक हैसियत मभन्दा धेरै गुणा राम्रो थियो तर उनले टिकट किन्न मन फुकाइनन् । म माइलेज खर्च गर्न बाध्य भए । जेहोस् हामी समयमै गन्तव्य पुग्यौं ।
 
बुध्द एयरलाई सुझाब 
प्राविधिक होस वा व्यवस्थापकीय कारणले उडान रद्ध गर्नु पर्दा बुध्द एयरले बेलैमा यात्रुलाई जानकारी देओस् । कुशल जिम्मेवारी बहन गरोस् । बुध्द एयर खाली नै भए पनि उडान भर्छ भनेर यात्रु कनेक्टेड फ्लाइटको जोखिम मोल्छन् । त्यस्ता यात्रुमाथि बुध्द एयरका कारण पर्न जाने समस्या आँकलन गरेर बेलैमा समाधानका उपाय सोचियोस् ।

काठमाडौबाट जहाज गएपछि फर्किने क्रममा करिब २० मिनेट मात्रै जहाज पर्खिने र त्यहिबेला भित्र सफा गर्नुपर्ने भएकाले हतार भएको देखिन्छ । कहिलेकाहि सिटमा टिस्युपेपर, चुइंगम, चक्लेटका खोस्टा आदि फोहर भेटिन्छ । ठूला जहाजमा कि सफाइ समय पर्याप्त हुनुप¥यो कि पर्याप्त कर्मचारी । साथै सफा गरेपछि सुगन्धित स्प्रे गरिदिने कि !

समयमै यात्रुको अवस्था बुझेर सूचना प्रवाह गरे सबैलाई सजिलो हुन्छ । 

बुध्द एयरले क्रमशः दुर्गम ठाउ“मा पनि सेवा विस्तार गर्र्दै जाओस् । हाललाई काठमाडौदेखि जुम्ला र ताप्लेजुङ (सुकेटार)सम्म उडान विस्तार गरेमा हिमाली भेकका वासिन्दालाई ठूलो राहत मिल्ने थियो ।

राष्ट्र बैंकले निजी कम्पनीलाई शेयर जारी गरी पब्लिक कम्पनी लिमिटेडमा लैजान सुझाएको सुनेको छु । बुध्द एयरले पनि सर्वसाधारणमा शेयर जारी गरि पूँजी बढाउन सके राम्रो । यसबाट वित्तिय जोखिम पनि कम हुन्छ । कर्मचारी, वित्तिय कम्पनी तथा रोयल क्लबका सदस्यलाई प्रमोटर शेयर जारी गर्ने र पछि धितोपत्र वोर्डको नियमानुसार सर्वसाधारणमा गएमा बुध्द एयर सबैको साझा बन्नेछ ।
Share this Post:

Related Posts:

Leave a Comment